हिमालको फेदीमा सेवा पुर्‍याउन टेलिकमलाई मुख्यमन्त्री राईको आग्रह

Share News
२४ जेठ, विराटनगर (अस) । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सगरमाथा, मकालु र कञ्जनजंघा हिमालको फेदीसम्ममा आफ्नो सेवा विस्तार गर्न नेपाल टेलिकमलाई आग्रह गरेका छन् । नेपाल दूर सञ्चार राष्ट्रिय कर्मचारी संगठन क्षेत्रीय समिति विराटनगरको एकता अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले संस्थानले सेवाग्राहीप्रति उत्तरदायी भई सुशासन कायम गरी सेवा प्रभाव गर्नुपर्नेमा जोड दिए । उनले जनतालाई विश्वको नविन प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न आग्रह समेत गरेका छन् । मुख्यमन्त्री राईले नेपाल दूर सञ्चार संस्थानले दुर्गम क्षेत्रका जनतामा सेवा पुर्‍याउने पर्नेमा जोड दिए । अहिलेको समय भनेको प्रतिस्पर्धाको रहेकाले प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमले ध्यान दिनुपर्नेमा मुख्यमन्त्रीले जोड दिए । कार्यक्रममा क्षेत्रीय एकता अधिवेशनका संयोजक आनन्द पौडेल, क्षेत्रीय निर्देशक अमरनाथ झा लगायतले फोर जी सेवा लगायत अन्य नविनतम प्रविधिको प्रयोग गरी अन्य प्रतिस्पर्धी सञ्चार सेवाप्रदायक भन्दा संस्था अब्बल बनाउने कार्यमा कर्मचारीहरुले कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । एकता अधिवेशनले नयाँ कार्यसमतिको चयन गर्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।