दार्मामा १८० जनाले पाए रोजगारी

Share News
सल्यान । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सल्यानको दार्मा गाउँपालिकामा १८० जनाले रोजगारी पाएका छन् । गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि केन्द्र सरकारबाट २९ लाख बजेट पाएको छ । प्रत्येक वडाबाट ३० जनाका दरले छनोट गरिएको हो । छनोट भएकाहरूलाई ६ ओटा आयोजनाको काममा लगाइएको गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले बताए । श्रमिकले दैनिक ५७५ रुपैयाँ पारिश्रमिक पाउने उनले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।