प्रदेश–३ का नारा तथा कार्यक्रम : ‘निःशुल्क कानूनी सहायता’देखि ‘छोरी–बुहारी छात्रवृत्ति’सम्म

Share News

असार ३, काठमाडौं । प्रदेश–३ सरकारले आगामी आर्थिक वर्ष २०७६/७६ का लागि आइतवार बजेट सार्वजनिक गर्‍यो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको बजेट वक्तव्यमा विभिन्न लोकप्रिय नारा समावेश छन् ।

प्रदेश सरकारले ‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता : समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने सोचका साथ ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्ण रुपले प्रतिवद्ध हुँदै प्रदेशवासीले खोजेको सेवा, चाहेको विकास र परिकल्पना गरेको समाजको निर्माण गर्न अझ सशक्त रुपमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएको छ ।

प्रदेश सरकारको बजेट वक्तव्यमा समेटिएका लोकप्रिय नाराहरु यस्ता छन् :

  • ‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता : समाजवाद उन्मुख समृद्ध प्रदेश’
  • ‘प्रदेश समृद्धिको आधार : श्रम सिर्जना, उत्पादन र रोजगार’
  • ‘निरक्षतामुक्त प्रदेश तीन, पूर्ण साक्षर भएको उज्यालो दिन’
  • ‘प्रदेश तीनको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’
  • ‘प्रदेश तीनको सरोकार, महिलालाई सामाजिक र आर्थिक अधिकार’
  • ‘प्रदेश र स्थानीय तहको एउटै सन्देश, बालविवाहमुक्त हाम्रो प्रदेश’
  • ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’
  • ‘कृषि व्यवसायमा युवा स्वयंसेवक परिचालन’
  • ‘वातावरण संरक्षण हाम्रो अभिभारा, पृथ्वी हाम्रो सहारा’
  • ‘पर्यटन क्षेत्रको विस्तार, प्रदेश समृद्धिको आधार’
  • ‘हामी सवै उद्यमी’
  • ‘प्रदेश सरकारको पहिचान, निःशुल्क कानूनी जनसहायता अभियान’
  • ‘वित्तीय साक्षरताको आधार, बैंकिङ प्रणालीमार्फत सबै कारोबार’
  • ‘प्रदेश सरकारको भावना : जिम्मेवार नागरिकको चाहना’

आगामी आर्थिक वर्षमा प्रदेशले सञ्चालन गर्ने नयाँ तथा पुराना कार्यक्रमहरु यस्ता छन् :

  • ‘छोरी बुहारी छात्रवृत्ति कार्यक्रम’
  • ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’
  • ‘स्वास्थ्य परीक्षण वर्ष’
  • ‘एक विद्यालय, एक नर्स कार्यक्रम’
  • ‘किशोरी विकास कार्यक्रम’
  • ‘समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम’
  • ‘मुख्यमन्त्री कृषि पुरस्कार’
  • ‘एक स्थानीय तह, एक विशेष उत्पादन’
  • ‘एक समूह एक वन उद्यम कार्यक्रम’
  • ‘एक नेपाली एक फलफूल विरुवा रोपण’
  • ‘जीवनका लागि पानी कार्यक्रम’
  • सन् २०२० देखि २०३० सम्म ‘प्रदेश भ्रमण दशक’ कार्यक्रमको प्रस्ताव
  • ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम’
  • ‘एक घर एक धारा’
  • ‘सुख्खा क्षेत्र खानेपानी योजना’
  • ‘प्रदेश पूर्वाधार विकास कार्यक्रम’
  • ‘प्रदेश जागरण अभियान’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।