स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउने लक्ष्य लिएको प्रदेश–१ को आर्थिक अवस्था कस्तो ?

Share News

असार ३, काठमाडौं (अस) । चालू आर्थिक वर्ष २०७५/७६ मा प्रदेश–१ को कुल गार्हस्थ्य उत्पादन रू. ५ खर्ब ५ अर्ब ८४ करोड रहेको प्रदेश–१ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताएका छन् । यो समग्र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १७ दशमलव ३ प्रतिशत हो । आइतवार आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै मन्त्री आङ्बोले प्रदेशको वर्तमान आर्थिक अवस्थाको जानकारी गराएका थिए । ‘समृद्ध नेपाल सुुखी नेपाली’ भन्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि योगदान गर्न ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने गन्तव्य तय गरेको प्रदेश–१ को प्रतिव्यक्ति आय ९३४ अमेरिकी डलर रहेको मन्त्री आङ्बोले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।