जथाभावी रूपमा औषधि नबेच्न निर्देशन

Share News
ताप्लेजुङ (अस) । ताप्लेजुङका निजी स्वास्थ्य संस्थालाई लागूऔषधका रूपमा प्रयोग हुने औषधि जथाभावी रूपमा विक्री नगर्न जिल्ला अनुगमन समितिले निर्देशन दिएको छ । पछिल्लो समयमा नार्कोटिक लगायतका औषधिलाई युवाले लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको पाइएकाले समितिले शनिवार अनुगमनको क्रममा यस्तो निर्देशन दिएको हो । अनुगमनकै क्रममा औषधिलाई स्टोर गर्न, म्याद नाघेकालाई छुट्टै राख्न समेत सुझाव दिएको अनुगमन समितिका सदस्य तथा जिल्ला अस्पताल ताप्लेजुङका डा. सोनिङ लामाले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।