दैलेख (अस) । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको छ । गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो ।
‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो,’ मन्त्रालयका सचिव मानबहादुर विकेले भने । राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाइने योजना छ । हाल राउटे समुदायको संख्या १४६ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।