नेपालगञ्ज (अस) । बाँकेका आठ स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ का लागि ६ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । जिल्लाका आठओटै स्थानीय तहले गत मंगलवार रू. ६ अर्ब १२ करोड २० लाख ८४ हजारबराबरको बजेट प्रस्तुत गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाको बजेट सबैभन्दा बढी रू. २ अर्ब २८ करोड १८ लाख छ भने वैजनाथ गाउँपालिकाको बजेट सबैभन्दा कम रू. ३१ करोड ४२ लाख छ । त्यस्तै कोहलपुर नगरपालिकाले रू. ८० करोड ६१ लाख, राप्तीसोनारी गाउँपालिकाले रू. ७२ करोड ६ लाख, खजुराले रू. ६६ करोड २६ लाख, जानकीले रू. ५१ करोड ५१ लाख, नरैनापुरले रू. ४३ करोड ३४ लाख १ हजार र डुडुवा गाँउपालिकाले रू. ३८ करोड ४० लाखको बजेट सार्वजनिक गरेका छन् । संघीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन देशभरका सबै स्थानीय तहलाई मंगलवारसम्मको अवधि तोकेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।