इलाम । गत बिहीवारदेखि उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आइतवारदेखि उद्योग सञ्चालन गरेका छन् । नगरपालिका र चिया उद्योगीबीच शनिवार बेलुका सहमति भएसँगै चिया उद्योग सञ्चालन भएको हो । नगरपालिकाले तोकेको मापदण्ड अनुसार हरियो चियापत्तीको मूल्य दिएमा चिया उद्योग सञ्चालन गर्न नसकिने भन्दै सूर्योदय टी एशोसिएशनमा आबद्ध ५२ ओटा चिया उद्योग बन्द भएका थिए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।