कपुरकोटका मुख्य सडकमा नाला निर्माण

Share News
सल्यान (अस) । सल्यानको कपुरकोट गाउँपालिकाले आफ्नो पालिकाभित्रका सडकमा नाला निर्माण शुरू गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाका मुख्य सडकको नाला निर्माण शुरू गरिएको गाउँपालिका कार्यालयले बताएको छ । कपुरकोट खाली हुँदै दहवन जोड्ने सडक, कपुरकोट धनवाङ हुँदै फालावाङ जोड्ने सडक र कपुरकोट रिम हुँदै सिनवाङ जोड्ने मुख्य सडकमा बाह्रै्रमास यातायात सञ्चालन हुन सक्ने बनाउन अनिवार्य रूपमा नाला निर्माण गर्नुपर्ने गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए, जसअनुसार रोजगारीका लागि आवेदन दिएका व्यक्तिलाई ती सडकको मर्मत र नाला निर्माणका लागि परिचालन गरिएको उनको भनाइ छ । कपुरकोटका करीब ३ हजार व्यक्तिले रोजगारीका लागि निवेदन दिएका थिए । यसमध्ये पहिलो चरणमा गत सोमवारदेखि २७२ जनालाई रोजगारी दिइएको रोजगार संयोजक समीर डिसीले जानकारी दिए । उनीहरूले कम्तीमा १२ दिन रोजगार पाउनेछन् । जिल्लाका दार्मा, कुमाख, त्रिवेणी, छत्रेश्वरी गाउँपालिका लगायतका स्थानीय तहले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।