५० माथिका एकल पुरुषलाई मासिक १ हजार भत्ता

Share News
कालीकोट (अस) । कालीकोटको माहावै गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने भएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा हालै प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले उक्त व्यवस्था गरेको हो । यस्तै पालिकाले १ सयभन्दा बढी भेडाबाख्रा र पाँचभन्दा बढी भैंसी पाल्ने किसानका लागि वार्षिक २५ हजार प्रोत्साहन भत्ता दिने भएको छ । गाउँपालिका अध्यक्ष नन्दबहादुर सिंहले एकल पुरुषको जीविकामा सघाउने उद्देश्यले यो व्यवस्था गरिएको बताए । गाउँपालिकामा पहिले एकल महिलाले मात्र भत्ता पाउँदै आएका थिए । वृद्धभत्ता ६० वर्ष पुगेपछि मात्र पाइने, तर यहाँका मानिसको आयु, सामाजिक तथा आर्थिक हिसाबले ५० वर्षभन्दा माथि नै कमाउन नसक्ने हुँदा यो सुविधा दिइएको अध्यक्ष सिंहको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।