कैलाली । धनगढी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरिएको छ । आइतवार बसेको नगरसभा बैठकले वार्षिक नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।
उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले यही असार ८ गते नगरसभामा रू. एक अर्ब ५८ करोड ४८ हजारको बजेटसहित नीति कार्यक्रम पेश गरेकी थिइन् । पेश भएको बजेटमध्ये चालूतर्फ रू. ७६ करोड ३६ लाख ४२ हजार १६६ र पूँजीगततर्फ रू. ८१ करोड ६८ लाख पाँच हजार ८३३ रहेको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।