निर्माणाधीन ह्वासिन सिमेन्ट उद्योग बाढीले बगायो

Share News
असार ३०, धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ । ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजंग थापाले जानकारी दिए । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ । क्षतिको आँकलन गर्न सकिएको छैन । मानवीय क्षति भएको छैन । रू. १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।