असार ३०, धरान (अस) । खाद्य उत्पादन गुणस्तरिय बनाउन तथा उपभोक्ताको स्वास्थ्य प्रति सजगता गराउन धरानका खाद्य व्यवसायीहरुलाई लेबलिङ सम्बन्धी अभिमुखीकरण गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले उक्त तालीम प्रदान गरेको हो ।
कार्यक्रममा खाद्य पदार्थको उत्पादनमा कस्तो प्रकारको लेबल प्रयोग गर्ने र लेबलमा के–के कुरा उल्लेख गर्ने भनेर अभिमुखीकरण गरिएको आयोजक संस्थाले बताएको छ । धरानमा विभिन्न लघु तथा घरेलु उद्योगहरु सञ्चालन गर्दै आएका ६५ जनालाई अभिमुखीकरण गरिएको हो । धरानमा अचार, सुकुटी, चाउमिन, पाउरोटी, आलुको चिप्स, दूधजन्य वस्तुलगायतका लघु उद्योगहरु सञ्चालनमा छन् ।
अभिमुखीकरण कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रदेश–१ का खाद्य अनुसन्धानका वरिष्ठ अधिकृत प्रमोद कोइराला र विक्रम लिम्बुले सहजीकरण गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।