बीपीको कार्य सञ्चालनमा समस्या

Share News
धरान (अस) । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य सञ्चालनमा समस्या भएको छ । प्रतिष्ठानमा उपकुलपति नहुँदा दैनिक कामकारबाही, सेवा प्रवाह र आवको अन्तिम महीना भएकाले अडिटको काममा समेत असर परेको हो । घुस लिएको रकमसहित गत बिहीवार प्रतिष्ठानका उपकुलपति प्राडा. राजकुमार रौनियार पक्राउ परेका थिए । तर उनको कार्यभार सम्हाल्न निमित्त उपकुलपति अझै तोकिएको छैन । उपकुलपतिको निर्देशनअनुसार उनको अनुपस्थितिमा प्रतिष्ठानका शिक्षाध्यक्षलाई कार्यवाहक तोक्न सकिने नीति छ तर शिक्षाध्यक्षलाई निर्देशन दिन नपाउँदै उपकुलपतिलाई काठमाडौं लगिएकाले पनि प्रतिष्ठान नेतृत्वविहीन भएको हो । यसबारे स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई आइतवार नै अवगत गराए पनि सुनुवाइ भइनसकेको प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. गुरुप्रसाद खनालले बताए । उपकुलपति नहुँदा निमित्तको जिम्मेवारी दिने अधिकार सरकारलाई हुन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।