गुराँस लाइफको सर्वाधिक बोनसदर

Share News
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल बीमा बजारकै सर्वाधिक बोनसदर घोषणा गरेको छ । कम्पनीले हालै आर्थिक वर्ष (आव) २०७४/७५ का लागि प्रतिहजार रू. ८७ सम्म बोनस दिने घोषणा गरेको हो । यो बोनसदरलाई बीमा समितिले गत असार २९ गते नै स्वीकृत गरिसकेको छ । यसअघि एलआईसी नेपालले प्रतिहजार रू. ८५ सम्म बोनस दिने घोषणा गरेर नयाँ रेकर्ड कायम गरेको थियो । तर, गुराँस लाइफले उक्त रेकर्डलाई पनि तोडेर सर्वाधिक बोनसदर घोषणा गरेको छ । कम्पनीका अनुसार २५ वर्षभन्दा बढी अवधिका लागि सावधिक तथा आजीवन बीमालेख खरीद गर्ने बीमितले यस बराबरको बोनस पाउनेछन् । यस्तै, कम्पनीले न्यूनतम बोनसदर प्रतिहजार रू. ४७ तोकेको छ । छोटो अवधिको बीमालेख खरीद गरेका बीमितले यस बराबरको बोनस रकम प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल ८० ओटा शाखा कार्यालयमार्फत बीमा दिँदै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।