सामसङको सर्भिस सेन्टर सर्‍यो

Share News
काठमाडौं (अस) । सामसङ नेपालले काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको चौथो तलाबाट आफ्नो सर्भिस सेन्टर स्थानान्तरण गरी सोही कम्प्लेक्सको तेस्रो तलामा शुरू गरेको छ । सेन्टरको उद्घाटनमा सामसङ नेपालका उपाध्यक्ष वाईबी वन, आइएमएसका प्रेसिडेन्ट दीपक मल्होत्रा, आईएम हेड प्रणयरत्न स्थापित, सामसङ नेपाल सर्भिस प्रमुख राजन भट्टराई र आईएमएस केयरका सर्भिस मेनेजर कुणाल गुरुङ लगायत उपस्थित थिए । सर्भिस सेन्टरमा १० काउन्टर रहनेछन् । यसका साथ तेस्रो र चौथो तलामा भीआईपी कस्टमरका लागि छुट्टै काउन्टरको व्यवस्था हुनेछ । यसअघि नै कम्पनीले काठमाडौंको सुन्धारा, कमलादी, बालाजु ललितपुरको जावलाखेल, भक्तपुरको सूर्यविनायक तथा उपत्यकाबाहिर पोखरा, नारायणगढ, इटहरी, वीरगञ्ज, नेपालगञ्ज, विराटनगर, वुटबल, विर्तामोड, हेटांैडा, धनगढी, जनकपुर, दाङ र दमौलीमा आफ्नो आधिकारिक सर्भिस सेन्टर खोलिसकेको छ । सर्भिस प्रमुख राजन भट्टराईले सेन्टरले ग्राहकलाई भरपर्दाे सेवा प्रदान गर्ने बताएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।