टीभीएसले ल्यायो अपाचे रेस ट्र्याक एक्सपिरियन्स

Share News
काठमाडौं (अस) । नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएस मोटरसाइकलका ग्राहकलाई लक्षित गरेर नयाँ योजना अपाचे रेस ट्र्याक एक्सपिरियन्स सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार नेपालभर रहेका टीभीएस मोटरसाइकलको कुनै पनि शोरुममा गई अपाचे आरआर३१० तथा अपाचे २००४भीभी२ को टेस्ट राइड मात्र गरी उक्त योजनामा सहभागी हुन सकिनेछ । योजना अनुसार २५ जना विजेताले भारतको चेन्नईमा रहेको मदरास मोटर रेस ट्र्याकमा अपाचेका विभिन्न मोडलका मोटरसाइकल रेसको अनुभव लिन सक्नेछन् । अपाचेको उक्त मोटरसाइकल खरीद कर्ताले हेल्मेट्स नेपालबाट क्रमशः १० हजार तथा ७ हजार रुपैयाँ बराबर नगद भौचर उपहार पाउने पनि कम्पनीले बताएको छ । अपाचे आरआर ३१० का लागि मासिक किस्ताबन्दी मूल्य रू. १९ हजार ९३ र अपाचे २००४ भीभी २ का लागि रू. ११ हजार २४५ कायम गरिएको छ । नयाँ विक्री योजनाका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले उक्त रेसमा सहभागी हुन हरेक मोटरसाइकल राइडर इच्छुक हुने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।