काठमाडौं (अस) । पेज थ्री सर्भिस प्राइभेट लिमिटेडले उत्सव इभेन्टको सहकार्यमा फेस अफ मारवाडी प्रतियोगिताको दोस्रो संस्करण गर्ने भएको छ । दरबारमार्गमा हुने उक्त प्रतियोगिता २० जुलाई २०१९ अर्थात् साउन ४ गते सम्पन्न हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक कञ्जनजङ्घा अगरबत्ती र जागुआर छन् । प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर र इटहरीबाट १६ जना प्रतिस्पर्धी सहभागी भएका छन् ।
यस वर्ष बलिउड सेलीब्रेटीको उपस्थितिले प्रतियोगिताको गरिमा बढ्ने आयोजकको भनाइ छ । जसमा बलिवुड सेलीब्रेटी करण कुन्द्रा र लोकप्रिय नेपाली मोडल सिर्जना रेग्मीले संयुक्त रूपमा यस कार्यक्रमको होस्टीङ समाल्नेछन् । भारतकी चर्चित नायिका एवम् मोडल श्वेता चौधरीका साथ नेपालका चर्चित कलाकारहरू मुख्य जुरीमा रहने आयोजकले बताएको छ ।(हिजो प्रकाशित समाचारमा त्रुटि भएकाले सच्याइएको छ ।)
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।