साउन २, धनगढी (अस)। सुदूरपश्चिम प्रदेशको प्रमुख भन्सार नाका कैलाली भन्सारबाट विभिन्न वस्तु आयात–निर्यातवापत आर्थिक वर्ष २०७५/ ०७६ को जेठ मसान्तसम्म रू. ५ अर्व ३७ करोड ९८५ राजस्व असुली भएको छ । यो असुली ११ महीनाको मात्रै भएको कैलाली भन्सार कार्यालयका सुचना अधिकारी गोपीकृष्ण उप्रेतीले बताए ।
यो कुल राजस्व असुलीको ८० दशमलव २६ प्रतिशत हो । मुख्यतयाः यो नाकाबाट पेट्रोलियम पदार्थको आयात सवैभन्दा बढि हुने गरेको छ । ११ महीनाको अवधिमा ४८ प्रतिशत पेट्रोलियम पदार्थ मात्रै आयात भएको कार्यालयको तथ्यांक छ । सिमेन्टमा मुलुक आतमनिर्भर भइसकेकाले यसको भन्सार मुल्यांकन अन्य वस्तुको तुलनामा बढि भएकाले कैलाली भन्सार नाकाबाट सिमेन्ट आयात शुन्य रहेको भन्सार अधिकृत समेत रहेका उप्रेतीले बताए ।
रू.१ अर्व २३ करोडको चामल मात्रै आयात भएको छ । मुख्यतयाः यो नाकाबाट पेट्रोलियम पदार्थको आयात सवैभन्दा बढि हुने गरेको छ । ११ महीनाको अवधिमा ४८ प्रतिशत पेट्रोलियम पदार्थ मात्रै आयात भएको कार्यालयको तथ्यांक छ ।
उनले गत असोजदेखि चिनी आयात पुर्ण रुपमा बन्द भएको बताए । ‘यो अवधिसम्म यस नाकाबाट चिनी आयात पनि शुन्य छ’, उनले भने ।
भारतबाट विस्कुट आयात गतवर्षभन्दा केहि बढि भएको बताइएको छ । गत आवमा साढे ६ प्रतिशतको हाराहारीमा बिस्कुट आयात भएकोमा २०७५ जेठ मसान्तसम्म ७ प्रतिशत पुगेको हो ।
त्यस्तै सुर्तीजन्य पदार्थको आयात दुई प्रतिशत रहेको उक्त कार्यालयले बताएको छ । कार्यालयका अनुसार यो ११ महीनाको अवधिमा यो नाकाबाट रू.१ अर्व २३ करोड ६९ लाख मुल्य बरावरको २४ हजार १३८ मेट्रिकटन चामल आयात भएर भन्सार कार्यालयले रू.६ करोड ७७ लाख राजस्व संकलन गरेको भन्सार अधिकृत उप्रेतीले बताए ।
गत वर्ष ५६ करोडको सामग्री यो नाकाबाट निर्यात भएकोमा यो आवको ११ महीनामा ७३ करोड मुल्य बरावरको सामग्री निर्यात गरी सो वाफत कार्यालयले रू.१४ लाख १४ हजार राजस्व असुली गरेको छ । कैलाली भन्सार नाका भएर रू.६४ करोड ६८ लाख मुल्यबरावरको २१ हजार ९६१ मेट्रिकटन गहुँ आयात गरिएवापत कार्यालयले रू.३ करोड २३ लाख राजस्व संकलन गरेको छ ।
त्यस्तै ११ हजार १०९ मेट्रिकटन मकै, रू.३३ करोड ५१ लाख मुल्य बराबरको आयात भएकोमा सो वापत कार्यालयले १ करोड ६७ लाख राजस्व संकलन गरेको तथ्यांक भन्सार कार्यालयसंग रहेको छ । तरकारी तथा फलफूल आयात भने यो नाकाबाट करीब एक महीनादेखि ठप्प रहेकाले सो वापत संकलन हुने राजस्वमा कमि आएको सुचना अधिकारी उप्रेतीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।