कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ

Share News
महेन्द्रनगर (अस) । कञ्चनपुरमा ८० प्रतिशतभन्दा बढी रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । केन्द्रका सूचना अधिकारी महेश जोशीले जिल्लामा रोपाइँ अन्तिम चरणमा रहेको बताए । उनका अनुसार जिल्लाको दक्षिण भेगमा लगभग रोपाइँ सकिएको छ भने उत्तरी भेगमा रोपाइँ चलिरहेको छ । ज्ञान केन्द्रले स्थानीय किसानसँगको प्रत्यक्ष सम्पर्क र अनुगमनबाट जिल्लाको रोपाइँ निरीक्षण गरिरहेको उनले बताए । ‘नियमित सिँचाइ सुविधा उपलब्ध भएको क्षेत्रको रोपाइँ लगभग सकिएको छ, नियमित सिँचाइ नभएको क्षेत्रमा केही रोपाइँ बाँकी छ,’ उनले भने । जिल्लामा ४४ प्रतिशत कृषियोग्य जमीनमा नियमित सिँचाइको सुविधा रहेको छ भने बोरिङ लगायतका अन्य स्रोत गरी ५६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा रहेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।