बैतडी (अस) । बैतडीको महाकाली भन्सार कार्यालय, झुलाघाटले गत आवमा राजस्व संकलनको लक्ष्य भेट्न सकेन । कार्यालयले वित २ आवदेखि लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको हो ।
गत आवमा रू. १ करोड ९ लाख राजस्व उठाउने लक्ष्य पाएको कार्यालयले ८९ लाख ७७ हजार मात्र संकलन गरेको छ । यस्तै अघिल्लो आवमा रू. १ करोड ९ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा ७१ लाख ७७ हजार मात्र संकलन गरेको थियो ।
राजस्व संकलनको लक्ष्य पुर्याउन २ वर्षदेखि मुश्किल परेको महाकाली भन्सार कार्यालय, बैतडीका निमित्त भन्सार अधिकृत डिल्लीराज सुवेदीले बताए ।
‘भारतमा लागू भएको जीएसटीले आयातमा कमी भएपछि राजस्वको लक्ष्य पूरा गर्न सकेका छैनौं,’ अधिकृत सुवेधीले भने । महाकाली भन्सार कार्यालय, बैतडीले दार्चुलामा छोटी भन्सार कार्यालय राखेर दार्चुला र बैतडीको राजस्व समेत उठाउँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।