नेपालगञ्ज (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले कर भुक्तानी र उद्योग नवीकरणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । महासंघले समस्यामा रहेका उद्योगी व्यवसायीले फोन गर्नेबित्तिकै सोही ठाउँमा पुगेर नवीकरण र कर भुक्तानी जस्ता कार्यमा सहायता गर्ने भएको हो ।
म
हासंघका कार्यालय प्रमुख वासुदेव सेडाईंले कार्यव्यस्तता र जानकारी अभावमा कैयौं उद्योगी तथा व्यवसायीले नवीकरण र कर भुक्तानी नगरे जरीवाना तिर्दै आएको बताए । त्यस्तो अवस्था नआओस् भन्दै अभियान थालिएको उनको भनाइ छ । यसबाहेक प्रविधि अनुदान, विना धितो सहुलियत ऋण अनुदान र शीपमूलक कामबारे पनि जानकारी दिइने उनले बताए । बाँकेमा ६ हजारभन्दा बढी घरेलु तथा साना उद्योग दर्ता भई सञ्चालित छन् । महासंघमा १ हजार ३ सय व्यवसायी दर्ता भएको र अन्यलाई एकीकृत गर्ने काम भइरहेको बताइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।