रुद्राक्षको दानाबाट प्लास्टिक क्लिप निकालियो

Share News

भोजपुर (अस) । भोजपुरको षडानन्द नगरपालिकामा  रुद्राक्षको दाना राम्रो बनाउन भन्दै ठेकेदारले लगाएको प्लास्टिकको क्लिप प्रहरीले हटाएको छ । क्लिप राखेर रुद्राक्षको दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामी मगरले बताए । प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १०६ र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २२५ ओटा क्लिप हटाएको हो । चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डा र थेप्चो आकार दिनेगरे पनि अप्राकृतिक रुद्राक्षले अन्तरराष्ट्रिय बजारमा पार्ने असरबारे भने कृषक अनभिज्ञ छन् ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।