रोल्पा (अस) । रोल्पाका विभिन्न खोलामा रू. ६ करोडभन्दा बढीको तटबन्ध योजना सञ्चालन भएको छ । वर्षायाममा खोलाको बहाव बढेर विभिन्न बस्ती तथा खेतीयोग्य जमीन कटान गर्ने जोखिम बढेकाले तटबन्ध योजना सञ्चालन गरिएको जनताको तटबन्धन आयोजना कार्यालय लमहीले बताएको छ ।
जिल्लाको एक नगरपालिका र ९ गाउँपालिकामा उक्त तटबन्धका योजना सञ्चालन गरिएको छ । कार्यालय प्रमुख हिमाल पौडेलले पहिरो रोकथामका लागि पनि बजेट छुट्याइएको बताए । जिल्लाको माडी खोला, लुङ्ग्री खोला, चुन्बाङ खोला र चप्काखोलाको कटान नियन्त्रण गर्न १/१ करोड रुपैयाँ विनियोजन गरेको पौडेलले जानकारी दिए । परिवर्तन गाउँपालिकाको राङ्सीमा पहिरो रोक्न रू. ५० लाखको योजना सञ्चालन गरिएको उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।