आईटी क्विज, सोमवार, १५ पुस २०७०

Share News

- सीआरटी तथा प्लाज्मा कम्प्युटर मोनिटरहरूमा फोसफोर बर्नबाट जोगाउन केको आविष्कार गरिएको थियो ?
    स्क्रिन सेभर

- सन् २०१२ मा इण्टरनेटमा सर्वाधिक प्रयोग भएको टर्म कुन हो ?
    ह्यासट्याग–९३०

- सन् २००८ मा टाइम पर्सन अफ दी इयरको उपाधि कसलाई प्रदान गरिएको थियो ?
    ‘यू’ (इण्टरनेटको प्रयोग तथा यसको प्रवर्द्धनमा सहयोग पुर्‍याउने करोडौं मानिसलार्ई)

- ह्याकिङ ज्ञानको प्रयोग गरी कार्यक्षेत्रको सुरक्षा बलियो बनाउन सहयोग गर्ने कम्प्युटर सुरक्षा विशेषज्ञलाई केको संज्ञा दिने गरिएको छ ?
    ह्वाइट ह्याट ह्याकर

- ट्रु टाइप डिजिटल फण्ट फोरम्याट कुन कम्पनीले डिजाइन गरेको हो ?
    एप्पल

- भिसिङ भन्नाले के बुझिन्छ ?
    भ्वाइस ओभर इण्टरनेट प्रोटोकलमा हुने फिसिङलाई भिसिङ भनिन्छ । छोटकरीमा यसलाई भीओआईपी फिसिङ भन्ने गरिन्छ ।

- साइबर स्क्वाटिङ भनेको के हो ?
    कुनै ट्रेडमार्क वा अन्यका नाममा रहेको कम्पनीको परिचयमा हानि पुर्‍याउने उद्देश्यले तिनको नाममा रजिष्ट्रर गर्नु, नराम्रा विज्ञापन गरी प्रयोगकर्ताको सङ्ख्या बढाउनु तथा डोमेन नेमको प्रयोग गर्नुलाई साइबर स्क्वाटिङ भनिन्छ ।

- आईफोनका अनुसार ‘पासबूक’ भन्नाले के बुझिन्छ ?
    यो आईओएसको एकप्रकारको एप्लिकेशन हो । यसले कुपन, बोर्डिङ पास, विभिन्न कार्यक्रमको टिकटलगायत मोबाइल पेमेण्टका प्रकार सञ्चय गर्न सहयोग पुर्‍याउँछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।