मंसिर१५, दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भर्टिकल साफ्टमा पेनस्टक राख्नेकाम करीब ३० प्रतिशत सम्पन्न भएको छ । भर्र्टिकल साफ्टमा पेनस्टक जडान गर्न शुरु गरेको पाँच महीनाको अवधिमा २९ दशमलब ६९ प्रतिशत काम सम्पन्न भएको हो ।
मंसिर १५ गते सम्ममा तल्लो भर्टिकल साफ्टमा १५० मिटर पेनस्टक जडान गर्ने काम सम्पन्न भएको तथा माथिल्लोमा ५२ दशमलब ५ मिटर पेनस्टक जडान गर्ने काम सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रबक्ता डाक्टर गणेश न्यौपानेले बताए ।
३७३ मिटर लामो कठिन मानिएको तल्लो भर्टिकल साफ्टमा अष्ट्रियन कम्पनी एद्रिजले असार १ गतेबाट पेनस्टक राख्न शुरु गरेकोमा मंसिर १५ गते सम्ममा १५० मिटर जडान गरेको छ भने ३१० मिटरलामो माथिल्लो साफ्टमा असार १० गतेबाट पेनस्टक जडान गर्न शुरु गरेको टेक्सम्याको रेल्वे इन्जिनियरिङले पाँच महीनाको अवधिमा जम्मा ५२ दशमलब ५ मिटरमात्र पेनस्टक पाइप जडान गरेको छ ।
पेनस्टक जडान गर्दै जाँदा काम गर्न पनि सहज हुँदै जाने र कामको गति बढने आयोजनाका प्रबक्ता डा न्यौपानेको भनाइ छ । तर टेक्स म्याकोको कामको गति हेर्दा चैत्र सम्ममा एक तिहाई पनि काम हुने अवस्था देखिएको छैन ।
पाँच महीनामा ५२ मिटर पेनस्टक जडान गर्नेले करीब चार महीनाको अवधिमा काम सक्ने कुनै आधार नरहेको आयोजनामा कार्यतर एक कर्मचारीले बताए ।
टेक्सम्याकोको ढिलाईले आयोजना निर्माणमा ढिलाई हुने पक्का भएपछि उर्जा सचिवको नेतृत्वमा टेक्सम्याकोका अधिकारीहरुसँग भएको बैठकमा पेनस्टक जडानमा गतिदिन आग्रह गरिएपछि टेक्स म्याकोले पाइप जडानमा गति दिन अर्को प्राविधिक टोली पनी पठाउने आश्वासन दिएको बताइएको छ ।
तर टेक्सम्याकोका यस अघिका गतिविधि हेर्दा अर्को प्राविधिक टोली आएर काम नथालुन्जेल विश्वास गर्न नसकिने ति कर्मचारीले बताए ।
४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पेनस्टकमा आएर अड्किनुले चैत महीना भित्र परीक्षण उत्पादन हुने सम्भावना न्यून भएको जानकारहरुको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।