धनकुटाका पत्रकारलाई सुरक्षा सामग्री हस्तान्तरण

Share News

वैशाख २१, धनकुटा । नेपाल प्रेस युनियन सुनसरीले कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन धनकुटाका पत्रकारहरुलाई अत्यावश्यक सुरक्षा सामग्री उपलब्ध गराएको छ । 

लकडाउनको समयमा समेत समाचार संकलनमा चौतर्फी पुग्ने पत्रकारहरुका लागि सर्जिकल मास्क, सर्जिकल ग्लोब्स, स्यानिटाइजर लगायतका सामग्री वितरण गरिएको हो । 

समाचार संकलनका क्रममा पत्रकार उच्च जोखिममा रहने गरेकोले त्यसबाट जोगिनका लागि सचेत रहन धनकुटाका पत्रकार तथा मिडिया हाउसलाई सामान प्रदान गरिएको प्रेस युनियन सुनसरीका सभापति पबन अधिकारीले बताए । 

सामग्री प्रेस युनियन सुनसरीको तर्फबाट सुमन गुरागाईंले नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राईलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । हस्तान्तरण गरिएका ती सामग्री युनियनका सुनसरीका सभापति अधिकारीले निजी लगानीमा खरीद गरेका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।