७२ औं दिनमा पसल खोल्दा काठमाडौं उपत्यकाका व्यवसायी उत्साहित (तस्वीरहरु)

Share News

जेठ २२, काठमाडौं । काठमाडौं उपत्यकाका व्यवसायीहरुले ७२ दिनलामो बन्दाबन्दीपछि बिहीवारबाट पसलहरु खोलेका छन् ।

यतिलामो बन्दाबन्दीपछि व्यवसायमा फर्कन पाउँदा व्यवसायीहरु यतिखेर उत्साहित देखिन्छन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधवार विज्ञप्ती जारी गर्दै व्यवसायीहरुलाई आफ्ना व्यवसाय तथा पसलहरु सञ्चालन गर्न भनेपछि बिहीवार काठमाडौं उपत्यकाका मुख्य व्यापारीक केन्द्रहरु असन, इन्द्रचोक, कोटेश्वर, बानेश्वर, बौद्ध, जावलाखेल लगायतका ठाउँका व्यापारीहरुले पसल खोलेका हुन् ।

‘मानिसलाई रोगलेभन्दा पनि भोकले मर्ने स्थिति आएकाले पसल खोल्नै पर्ने अवस्था आयो,’ इन्द्रचोकका व्यापारी राकेश मानन्धरले आर्थिक अभियानसँग भने । 

व्यापारीहरुले खाद्यान्न, रेडिमेड, श्रङ्गार, पुष्पव्यवसाय, इलेक्ट्रोनिक्स, हाडवेयर, गहना लगायतका पसलहरु खोलेका छन् ।

तर काठमाडौंका ठूला व्यपारीक केन्द्रका रुपमा रहेका काठमाडौं मल, सिभिल मललगायत भने व्यापारीहरुको पुर्वतयारी नभएको र सरकारको निर्णय पनि पर्खनु पर्ने भन्दै खुलेका छैनन तर रञ्जनामल, सिटिसी मलका व्यापारीहरुले विहानैदेखि पसलहरु खोलेका छन् ।

बाध्य भएर स्वस्फूर्त रुपमा व्यापारीहरुले व्यापार व्यवसाय गर्न शुरु गरेपछि सरकारले आजभोलिसम्म लचिलो हुँदै कुनै निर्णय लिनेमा आशावादी भएको अधिकांश व्यापारीहरुले बताएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।