असार १२, काठमाडौं । यस वर्ष हालसम्म २० दशमलव शून्य ५ प्रतिशत जमीनमा रोपाइँ भएको छ ।
जुन गत वर्षको यो अवधिको तुलनामा ८ दशमलव ४१ प्रतिशतले धेरै हो । गत वर्ष यो अवधिमा ११ दशमलव ६४ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
भौगोलिक अवस्थाअनुसार यस वर्ष अहिलेसम्म उच्च पहाडी क्षेत्रमा २६ दशमलव शून्य ७ प्रतिशत, मध्यपहाडमा २० दशमलव शून्य ७ प्रतिशत, तराईमा १९ दशमलव ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
जहाँ अघिल्लो बर्ष सोहि ठाउँहरुमा यस अवधिसम्म क्रमश : २४ दशमलव ९४, १६ दशमलव ९१ र ९ दशमलव ११ प्रतिशत रोपाइँ भएको तथ्यांकले देखाएको छ ।
यसैगरि हाल सम्म प्रदेश नं १ मा १० दशमलव ४१, प्रदेश नं २ मा १५ दशमलव ५३, वाग्मती प्रदेशमा १८ दशमलव ६८, गण्डकी प्रदेशमा १३ दशमलव ७२, प्रदेश नं ५ मा ३६ दशमलव २६, कर्णाली प्रदेशमा २० दशमलव ११ र सुदूरपश्चिम प्रदेशमा २१ दशमलव ४६ प्रतिशत रोपाइँ सकिएको छ ।
प्रदेशगत रोपाइँको तथ्यांक हेर्दा यसवर्ष गत वर्षको यहि अवधिको तुलनमा प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५, वाग्मती प्रदेश, र सुदूरपश्चिम प्रदेशमा रोपाइँ बढी भएको छ भने कर्णाली र गण्डकी प्रदेशमा रोपाइँ कम भएको छ ।
गत वर्षको यहि अवधिमा प्रदेश नं १ मा ९ दशमलव ९७, प्रदेश नं २ मा ५ दशमलव २०, वाग्मती प्रदेशमा ६ दशमलव ७१, गण्डकी प्रदेशमा १७ दशमलव ९९, प्रदेश नं ५ मा १३ दशमलव ९६, कर्णाली प्रदेशमा २६ दशमलव १३ र सुदूरपश्चिम प्रदेशमा २० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
यस वर्ष कोरोना माहामारीकाकारण धेरै मानिसहरुले रोजगारी गुमाएका कारण गाउँघर फर्किएकाले बाँझो खेतबारीमा समेत रोपाइँ भएकाले गतवर्षको तुलनामा रोपाइँ हुने क्षेत्रफलमा केहि वृद्धि हुन सक्ने मन्त्रालयले बताएको छ ।
मन्त्रालयकाअनुसार नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेति हुने गर्दछ जसमध्ये हालसम्म २ लाख ७५ हजार २९ हेक्टर जमीनमा रोपाइँ सकिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।