असार १७, रियो दी जेनेरियो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ब्राजिलमा चार जना अन्तरराष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन् ।
संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ ।
ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलवार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ । उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ ।
ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो । पूर्वनिर्धारित तालिका भन्दा तीन महीना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो ।
ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोना भाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ । रासस /सिन्ह्वा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।