आईटी क्विज, सोमवार, १३ माघ २०७०

Share News

- सबैभन्दा पुरानो वेबसाइट कुन हो ?
    सिम्बोलिक्स डटकम

- इण्टरनेट ब्राउजरलाई स्थापित गर्ने पहिलो ब्राउजर कुन हो ?
    मोजाइक

- ब्राउजरको मुख्य काम के हो ?
    इण्टरनेट प्रयोगकर्तालाई वर्ल्ड वाइड वेबसम्म पहुँच बनाउन सहयोग गर्ने ।

- वेब २.०  को नामकरण कसले गरेका हुन् ?
    डेल डोएट्रीले । उनी ओ–रायली मिडियाका प्रकाशक हुन् । सन् २००४ मा मिडियालाइभ इण्टरनेशनलद्वारा आयोजित सम्मेलनमा उनले सो नामकरण गरेका थिए ।

- प्रविधिसम्बन्धी विभिन्न कार्य गर्ने ओ–रायली मिडियाका संस्थापक को हुन् ?
    टिम ओ–रायली

- एचटीटीपीको निर्माण कसले गरेका हुन् ?
    टिम बर्नस ली ।

- एचटीटीपी र एचटीएमएल कुन आधारमा एकअर्कासँग फरक छन् ?
    एचटीटीपीले विभिन्न साइटलाई एकअर्काबीच सम्पर्क बनाउन सहयोग गर्छ भने एचटीएमएलले पेजमा रहेका विषयको वर्णन गर्छ ।

- ‘सञ्जालको पनि सञ्जाल’ भनेर केलाई चिनिन्छ ?
    इण्टरनेट

- एचटीटीपीको सहयोगविना इण्टरनेट सुविधाको उपयोग गर्ने उपाय के हो ?
    इमेलको प्रयोग ।

- केको विकास पछ्याउँदै इण्टरनेटको शुरुआत भएको मानिन्छ ?
    आर्पानेट

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।