बैतडी । नेपाल–भारत सीमा नाका बन्द हुँदा भारतबाट पेन्सन पाउनेहरूको पेन्सन रोकिने सम्भावना बढेको छ । भारतबाट पेन्सन बुभ्mनेहरूले आप्mनो विवरण १५ नोभेम्बरसम्ममा बुझाइसक्नुपर्नेछ । तर नाका बन्द हुँदा भारत जान नसकेर आवश्यक विवरण नबुझाए पेन्सन रोकिने चिन्ता बढेको भारतबाट पेन्सन बुभ्mदै आएका बैतडीको पञ्चेश्वरका गम्भीर चन्दले बताए ।
भारतीय सेना र त्यहाँको अन्य सरकारी सेवाबाट निवृत्त भएका नेपाली नागरिकले भारतका विभिन्न ठाउँबाट पेन्सन बुझ्दै आएका छन् । सीमा नाका बन्द भएपछि गएको चैतयता पेन्सन नपाएको बैतडी पञ्चेश्वर–२ की जानकी चन्दले बताए । ‘सीमा नाका बन्द हुँदा हामीलाई धेरै समस्या भएको छ । मासिक ल्याउने गरिएको पेन्सन बन्दले ल्याउन पाएका छैनौं,’ उनले भने ।
भारतीय सेनाबाट निवृत्त भएकाहरूमा बैतडीका पनि धेरै छन् । जिल्लाको पञ्चेश्वर शिवनाथ गाउँपालिका र दशरथचन्द नगरपालिकाको सीमा भारतसँग जोडिएको छ । यस क्षेत्रका नागरिक बिहान भारत गएर बेलुका पेन्सन बुझेर घर फर्कने गर्दछन् ।
भारतबाट पेन्सन बुझ्ने नेपालीहरूको समस्या समाधानका लागि सम्बन्धित निकायमा सीमा नाका खोल्न अनुरोध गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । ‘पेन्सन पाउनेहरूका लिखित र मौखिक गुनासा हामीकहाँ आएका छन्,’ उनले भने, ‘समस्या समाधानका लागि प्रयासरत छौं ।’
नेपाल सरकारले बैतडीमा एक झुलाघाट नाकामात्र खोल्न दिने निर्णय गरेको छ, जुन भारतको पिथौरागढ जिल्लासँग जोडिएको छ । बैतडीमा पेन्सन पाउनेहरूले भारतको पिथौरागड र चम्पावत जिल्लामा रहेका सम्बन्धित बैंकबाट उक्त रकम बुझ्ने गरेका छन् । यसका लागि बैतडीमा रहेका सबै सीमा नाका खोलिनुपर्ने माग उनीहरूको छ । बैतडीबाट मात्रै करीब २ हजारभन्दा बढी नागरिकले भारतबाट पेन्सन बुझ्ने गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।