काठमाडौं । बजारमा आलुको मूल्य ७४ प्रतिशतसम्म घटेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गत कात्तिकमा आलुको मूल्य अत्यधिक महँगिएको थियो । बजारमा नेपाली आलु आएसँगै आलुको मूल्यमा कमी आएको हो । समितिको दैनिक मूल्यसूचीमा उल्लेख भएअनुसार यति बेला कालीमाटीको थोक बजारमा सेतो आलु सबैभन्दा सस्तो छ । कात्तिक १७ गते आलुको थोक मूल्य प्रतिकिलो ७३ रुपैयाँ रहेकोमा यतिबेला करीब ७४ प्रतिशत सस्तिएर १९ रुपैयाँमा आएको छ । सोही अवधिको तुलनामा नेपाली रातो आलुको मूल्य पनि करीब ६६ प्रतिशतले घटेर प्रतिकिलो ७९ रुपैयाँबाट २७ रुपैयाँमा झरेको छ । त्यसैगरी भारतीय रातो आलुको मूल्य पनि ६० प्रतिशतले घट्दै प्रतिकिलो ६८ रुपैयाँबाट २७ रुपैयाँमा आएको छ ।
विशेषगरी काभ्रेको पाँचखालबाट आलु भित्रिन थालेपछि मूल्य ≈वात्तै घटेको कालीमाटी फलपूmल तथा तरकारी बजार व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।
उनका अनुसार पछिल्लो समय नेपाली बजारमा आलुको मूल्य घटेसँगै व्यवसायीले भारतीय बजारबाट ल्याएका छैनन् । नेपाली उत्पादनले नै बजार धानिरहेकाले भारतीय आलु आयात नगरिएको अध्यक्ष आचार्यको भनाइ छ । ‘पहिले भारतीय बजारमै आलुको अभाव हुँदा त्यसको असर नेपाली बजारसम्म प¥यो र मूल्य बढ्यो,’ उनले भने, ‘अहिले आन्तरिक बजारमा आपूर्ति बढेकाले मूल्य घटेको हो ।’
राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार झापा, इलाम, काभ्रे, सोलुखुम्बु, मोरङ, सप्तरी, मकवानपुर, बारा, रूपन्देही, कैलालीलगायत जिल्लामा करीब २ लाख हेक्टर क्षेत्रफलमा आलुखेती गरिन्छ ।
केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यका अनुसार नेपालमा वार्षिक रूपमा आलुको कुल माग साढे ३२ लाख मेट्रिकटन छ, जसमध्ये करीब २८ लाख मेट्रिकटन नेपालको आन्तरिक उत्पादन छ भने साढे ४ लाख मेट्रिकटन विभिन्न मुलुकबाट आयात गरिन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।