जेठ ३० बैतडी । बैतडीका संघ र प्रदेशका कार्यालयहरुले चालू आर्थिक वर्षको अन्त्यसम्म पनि कार्यालयमा आएको बजेटको पूँजीगत खर्च आधा पनि खर्च गर्न सकेको छैनन् ।
चालू आर्थिक वर्षको अन्तिम महीना शुरु हुँदासम्म पनि कुनै पनि कार्यालयहरुले पूँजीगत खर्च सन्तोसजनक खर्च गर्न सकेको छैनन् । चालू आर्थिक वर्षमा संघबाट पूँजीगत र चालू खर्च गरी जम्मा ६ अर्ब ३८ करोड ९१ लाख १८ हजार ६० बजेट प्राप्त भएको थियो । जसमा पूँजीगत ६८ करोड ८५ लाख ७१ हजार र चालू खर्च पाँच अर्ब ३५ करोड ३४ लाख ८६० थियो ।
जेठ मसान्तसम्म संघका कार्यालयहरुले पूँजीगत खर्च रू. २८ करोड ३१ लाख १४ हजार ४५० रकम मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले बताएको छ । जो प्राप्त भएको कुल पूँजीगत बजेटको ४१ दशमलब १२ प्रतिशत मात्र हो ।
यसैगरी, प्रदेशका कार्यालयहरुले पनि कुल प्राप्त भएको पूँजीगत खर्च दुई अर्ब ३० करोड ९२ लाख ४४ हजार ३४० मध्ये जेठ मसान्तसम्म १ करोड ७० लाख ५३ हजार ६१३ रकम मात्र खर्च गर्न सकेको छ । जो प्राप्त कुल पूँजीगत रकमको ४३ दशमलव ६१ प्रतिशत मात्र हो ।
पूँजीगत खर्च अधामात्र खर्च गर्न नसकेका संघ र प्रदेशका कार्यालयहरुले चालू खर्च भने अधाभन्दा बढि खर्च गरेको पाइएको छ । चालू आर्थिक वर्षमा संघका कार्यालयहरुले प्राप्त गरेको चालू खर्चको ९२ करोड ६४ लाख ७३ हजार ५०० मध्ये जेठ मसान्तसम्म ४९ करोड ८८ लाख ३ हजार ६११ खर्च गरेको छ । जो कुल प्राप्त बजेटको ५३ दशमलव ८४ प्रतिशत खर्च हो ।
प्रदेशका कार्यालयहरुले पनि चालू आर्थिक वर्षमा कुल चालू रकम पाँच अर्ब ३५ करोड ३४ लाख ८६० मध्ये जेठ मसान्तसम्ममा चार अर्ब २७ करोड ७० हजार ३५९ अर्थात ७९ दशमलव ८१ प्रतिशत खर्च गरेको पाइएको छ । अहिलेसम्म पूँजीगत खर्च कम हुनुमा संघ र प्रदेशका कार्यालयहरुले फिल्डमा काम भएको र भुक्तानी नभएकाले खर्च कम देखिएको बताएका छन् ।
सबै कार्यालयहरुले काम अनुसारको भुक्तानी नगरेकाले पनि पूँजीगत खर्च कम देखिएको र असारको पहिलो सातासम्म खर्च बढ्ने कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका प्रमुख दिन राज जोशीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।