असार २९, बैतडी । बैतडी सदरमुकामको एक सडकमा गुणस्तरहिन सामग्री प्रयोग गरेको पाइएको छ । जुन सडकमा सधै जिल्लाका प्रमुख र सरोकारवाला हिड्ने गर्दछन् । सडक कालोपत्र गरेको तीन महीना नपुग्दै सडक भत्कीने र उप्किने गरेको छ । सडकमा कमसल प्रकारको सामग्रीको प्रयोगले यस्तो हुन गएको प्राविधिकहरु बताउँछन् ।
४ करोड ३१ लाख २८ हजार ५४४ रुपयाँमा के एस कन्सटक्सन धनगढी कैलालीसँग २०७५ साल असार ३ गते उक्त सडक कालोपत्रको ठेक्का सम्झौता भएको थियो ।
१५ महीनामा निर्माण सक्नुपर्नेमा निमार्ण कम्पनीले समयावधि सकिएको झण्डै दुई वर्षपछी काम सकेको हो । काम सकेपनि सडक भने गुणस्तरहिन बनेको छ ।
स्थानीयहरुको अवरोधले गर्दा पनि निर्माणमा ढिलाई भएको निर्माण कम्पनीले बताएको छ । सडकमा चिरा पर्ने भासिने समान्य पानीले पनि कालोपत्र गरेको भाग बगाउने गरेको पाईएको छ । आफूले पनि सडकको यस्तो दुरदशा देखेको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डेले बताए । यो विषयमा सडक हेर्ने निकायसँग कुरा भएको र भुक्तानी रोकेको उनले बताए ।
सडकको निर्माणका लागि अख्तियारी प्राप्त शहरी विकास तथा भवननिर्माण विभाग संघीय योजना कार्यान्वयन एकाई फिल्ड कार्यालय बैतडीले पनि कुनै चासो नदेखाउँदा गढी–गोठलापानी जाने यो सडकको अवस्था यस्तो भएको हो ।
कम्पनीले अली लापरबाही गरेको र आफूहरुले निरन्तरता दिन नसकेकाले यस्तो समस्या आएको शहरी विकास तथा भवननिर्माण विभाग संघीय योजना कार्यान्वयन एकाई फिल्ड बैतडीका इन्जिनियर सुजन रेग्मीले बताए ।
निर्माण गुणस्तरहिन भएको गुनासो आएपछि भुक्तानी रोकेर फेरी काम गर्न लगाएको संघीय योजना कार्यान्वयन एकाइ का अयोजना प्रमुख दिपक श्रेष्ठले बताए । एकातिर निमार्ण कम्पनीले गुणस्तरहिन काम गरेको छ भने अर्कातिर सडकको नाली समेत व्यवस्थित गरेको छैन ।
गढि जिल्ला प्रशासनदेखि गोठलापानी बजारसम्म कुल १ हजार १०० मिटर सडक फराकिलो सहित कालोपत्र गर्नुपर्ने थियो । निर्माण गर्नुपर्ने जिम्मा पाएको सडक कम्पनीले सडक फेरी निर्माण गर्ने बताएको छ । सडक त अझै निर्माण गर्न सकिला तर यस्तो गुणस्तरहिन सडक बनाउनेलाई कारबाही नगरुन्जेलसम्म यस्तै समस्या नदोहोरिएला भन्न सक्किन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।