पानीले बदलिएको शिवनाथको मुहार

Share News

बैतडी । बैतडीका सबै ठाउँमा खानेपानीको हाहाकार छ । कुनै समय शिवनाथ गाउँपालिकामा पनि खोला नजिकबाहेक अरू सबै ठाउँमा खानेपानीको समस्या थियो ।

डाँडातिर बस्ने गाउँमा पानी टाढा–टाढाबाट बोक्नैपर्ने बाध्यता थियो । अहिले भने गाउँपालिकाले यो समस्या हटाइदिएपछि गाउँको मुहारै फेरिएको छ । अहिले गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको संयुक्त सहयोगमा बस्ती–बस्तीमा स्वच्छ खानेपानी पु¥याइदिएपछि यहाँका नागरिकलाई टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको छ ।

स्थानीयले घर नजिकैको धाराको खेर गएको पानीलाई जम्मा गरेर तरकारी उत्पादन गरी जीविकोपार्जनसमेत गरिरहेका छन् ।

अहिले शिवनाथका घरघरमा पानीका धारा पुगेपछि प्रत्येक परिवारले तरकारी खेती थालेका छन् ।

गाउँ–गाउँमा सबैले अहिले मौसमी र बेमौसमी तरकारी फलाएर बिक्री गरिरहेका छन् ।  

गाउँपालिका र संस्थाले समय–समय तालिम दिएर तरकारी र फलफूल खेतीबारे जानकारी दिएपछि अहिले  स्थानीय तरकारी र फलफूल खेतीमा आकर्षित बनेका छन् । पहिले पानीको समस्या थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।