बैतडीमा कुल बजेटको ९१.३२% मात्र खर्च 

Share News

साउन २३, बैतडी  । बैतडीमा गत आर्थिक वर्षमा ९१ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीलाई प्राप्त भएको बजेटमध्ये कुल बजेटको ९१ दशमलव ३२ प्रतिशत बजेट खर्च भएको छ ।

गत आर्थिक वर्षमा बैतडीका प्रदेश र संघका कार्यालयलाई जम्मा रू. ९ अर्व ८३ करोड ९४ लाख २०८ रुपैयाँ प्राप्त भएको थियो जसमा ८ अर्ब ९८ करोड ५२ लाख ३८ हजार ८३ रुपयाँ मात्र खर्च भएको छ ।

शत प्रतिशत खर्च गर्ने लक्ष्य भएपनि विभिन्न कारणले सत प्रतिशत खर्च गर्न नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीका कार्यालय प्रमुख दिनराज जोशीले बताए । उनले भने ‘लकडाउनले भिडभाड गर्न नमिल्ने भएकाले केहि योजनाको काम पूरा नभएकाले थोरै बजेट फ्रिज गएको हो’ ।

प्रदेश कार्यालयले पूँजीगत र चालू गरी जम्मा ३ अर्ब ३० करोड २४ लाख ७६ हजार ८४० र संघका कार्यालयहरुले ६ अर्ब ५३ करोड ६९ लाख २३ हजार ३६८ रुपयाँ प्राप्त गरेका थिए । संघका कार्यालयले ९३ प्रतिशत र प्रदेशका कार्यालयले ८७ प्रतिशत बजेट खर्च गरेका छन् । 

जसमा प्रदेशका कार्यालहरुले २ अर्ब ८९ करोड ६३ लाख १ हजार ९४७ र संघका कार्यालयहरुले ६ अर्ब ८८ करोड ९३ लाख ६ हजार १३६ रुपयाँ मात्र खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय बैतडीले जानकारी दिएको छ । 

संघका कार्यालयले चालू तर्फको ५ अर्ब ७८ करोड ६८ लाख ५५ हजार ३६८ मध्ये ५ अर्ब ४७ करोड ७२ लाख २३ हजार खर्च गरेको छ । यस्तै पूँजीतर्फको ७ अर्ब ५० करोड ६ लाख ८ हजार मध्ये ६ अर्ब ११ करोड ७१ लाख २ हजार ९६६ रुपयाँ खर्च गरेको छ ।

त्यस्तै, प्रदेशका कार्यालयले चालू तर्फको ९४ करोड ६१ लाख ७८ हजार ५०० मध्ये ८२ करोड ६६ लाख ५३ हजार ७४५ रुपयाँ खर्च गरेको छ । पूँजीगत तर्फको २ अर्ब ३५ करोड ६२ लाख ९८ हजार ३४० मध्ये २ अर्ब ६ करोड ९६ लाख ४८ हजार २०२ रुपयाँ खर्च गरेको छ ।

यसैगरी, प्रदेशका कार्यालयले १ करोड ८१ लाख ५२ हजार २१ रुपयाँ र संघका कार्यालयले ३९ करोड ३३ लाख ४४ हजार ३३ रुपयाँ गरी जम्मा ४१ करोड १४ लाख ९६ हजार ५४ रुपयाँ राजस्व संकलन गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।