आईटी क्विज : २०७० फागुन २६ , सोमबार

Share News

ब्राउजरमा अक्षर निर्धारण गर्ने कम्प्युटरको भाषालाई के भनिन्छ ?
ब्राउजरमा अक्षरको आकार–प्रकार निर्धारण गर्ने कम्प्युटरको भाषालाई मार्कअप ल्याङ्वेज भनिन्छ । यसले अक्षरका साथै तस्वीर तथा एनिमेशनको प्रस्तुति समेत समायोजन गर्न सघाउँछ ।

वेबपेजमा सर्वाधिक प्रयोग हुने मार्कअप ल्याङ्ग्वेज (भाषा) एचटीएमएल हो । यसको पूर्णरूप के हो ?
एचटीएमएलको पूर्णरूप हाइपर टेक्ष्ट मार्कअप ल्याङ्ग्वेज हो ।

वेब ब्राउजरको प्रमुख कार्य के हो ?
वेब ब्राउजर एक प्रकारको कम्प्युटर प्रोग्राम (सफ्टवेयर एप्लिकेशन) हो । यसले प्रयोगकर्ताको रिक्वेष्ट (अनुरोध) बुझेर वेबपेज प्रस्तुत गर्छ । समग्रमा रिक्वेष्ट–इण्टरप्रेट–डिस्प्ले वेबपेज नै यसको प्रमुख कार्य हो ।

ब्राउजरको रिक्वेष्ट पालना गर्ने सफ्टवेयरलाई के भनिन्छ ?
ब्राउजरको रिक्वेष्ट पालना गर्ने सफ्टवेयरलाई वेबसर्भर भनिन्छ ।

आरआईएसको पूर्णरूप के हो ?
आरआईएसको पूर्णरूप ‘रिच इण्टरनेट एप्लिकेशन्स’ हो । एडोभ एयरको प्रयोग गरी बनाइएका वा बन्ने वेबपेजलाई रिच इण्टरनेट एप्लिकेशन्स भन्ने गरिन्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।