पुस ११, टोकियो (जापान) । जापान सरकारले सैन्य एप्लिकेशनहरुलाई गोप्य राखेबापत कम्पनीहरुलाई आर्थिक क्षतिपूर्ति दिने भएको छ । आइतवार स्रोतहरुलाई उद्धृत नगरीकन घरेलु तथा अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले यस्तो समाचार छापेका हुन् ।
सरकारले प्रस्ताव गरेको आर्थिक सुरक्षा विधेयकमा संसोधनमा यूरेनियम अभिवृद्धि र क्वान्टम प्रविधिलगायत आणविक हतियारको विकासमा सघाउन सक्ने प्रविधिहरुलाई समावेश गरिने भन्दै फाइनान्सियल डेलीले एउटा समाचारमा भनेको छ । सरकारले यो विधेयक अन्तर्गत पर्ने कम्पनीहरुलाई करीब २० वर्षसम्मको लाइसेन्सिङ आम्दानी क्षतिपूर्ति दिने निक्केईले बताएको छ ।
विधेयकको ढाँचा छिटोमा आगामी महीना सार्वजनिक गरिने बताइएको छ । मन्त्री परिषद्ले यसलाई फेबु्रअरीमा अनुमोदन गर्ने अनुमान गरिएको छ । सन् २०२३ को अप्रिलदेखि शुरु हुने आर्थिक वर्षमा यी उपायहरु लागू हुने अपेक्षा गरिएको बताइएको छ ।
देशको राष्ट्रिय सुरक्षालाई नीतिगत प्राथमिकता बनाउने बाचा गत महीना जापानी प्रधानमन्त्री फुमिओ किशिदाले गरेका थिए । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।