यात्रुबाहक कार उत्पादनमा विदेशी लगानी सीमा हटाउँदै चीन

Share News

पुस १२, पेचिङ (चीन) । चीनले यात्रुबाहक कार उत्पादनमा पूर्ण विदेशी स्वामित्व दिने भएको छ ।

सन् २०२२ को जनवरी १ देखि सो क्षेत्रमा पूर्ण विदेशी स्वामित्वका लागि अनुमति दिने सोमवार वाणिज्य मन्त्रालय तथा राष्ट्रिय विकास तथा सुधार आयोगले जारी गरेको विदेशी लगानी प्रतिबन्ध लगाइएका उद्योगहरुसम्बन्धी नियमित विज्ञप्तिमा भनिएको हो । 

पछिल्लो विज्ञप्तिमा यात्रुबाहक कार म्यानुफयाक्चरिङलाई समावेश गरिएको छैन । सन् २०२० को संस्करणमा सन् २०२२ देखि यो परिवर्तन गरिने बाचा गरिएको थियो । 

चीनले घरेलु अटो क्षेत्रमा विदेशी स्वामित्वमाथिको सीमा क्रमशः खुकुलो बनाउँदै आएको थियो । सोमवारको विज्ञप्तिमा विदेशी लगानी प्रतिबन्ध गरिएका ३१ क्षेत्रहरु समावेश छन् । 

यसमा दूर्लभ धातु, फिल्म उत्पादन र वितरण, सूर्तिजन्य प्रडक्ट्स आदि छन् । एजेन्सी 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।