पुस १६, मुम्बई । अमेरिकी बुहराष्ट्रिय प्रविधि कम्पनी एप्पलले दक्षिण भारतमा रहेको आइफोन कारखानालाई ‘परीक्षण’ सञ्चालनमा राखेको छ ।
खाद्य विषादी र मजदूरको जीवनस्तर माथि खेलबाड भएको भन्दै भएको विरोध प्रदर्शन भएपछि सो कम्पनीले सो कारखानालाई ‘परीक्षण’ सञ्चालनमा राखेको हो । कारखानाको डाइनिङ कक्ष र कामदारहरु बस्ने ठाउँले मापदन्ड पूरा नगरेको एप्पलले गरेको लेखापरीक्षणका क्रममा पाइएको थियो ।
तमिलनाडूमा रहेका ताइवानी आपूर्तिकर्ता फक्सकनको आइफोन कारखानामा काम गर्ने करीब २५० महिलालाई यसै महीनामा खाद्य विषाक्तको समस्या देखिएको थियो । यिमध्ये १५० भन्दा धेरै जनालाई अस्पतालमा भर्ना गरिएको थियो । यस घटनाका लागि फक्सकनले माफी माग्दै अनुसन्धान गरिरहेको बताएको थियो ।
विरोध हुन थाले पछि डिसेम्बर १८ देखि सो कारखाना बन्द थियो । परीक्षणमा हुनुको अर्थ के हो भनेर कम्पनीले केही पनि खुलाएको छैन । विगतमा भने यसरी परीक्षणमा राखिएका कारखनाहरुलाई समस्या समाधान नभएसम्म नयाँ व्यवसाय दिइएको थिएन । चेन्नईबाट करीब २५ माइल टाढा यो कारखानामा लगभग १७ हजार मानिसहरू काम गर्थे । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।