पुस १८, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शाखा रहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, भटौलिया बजारमा पुस १६ गतेदेखि ९०औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो ।
देशका विभिन्न दुर्गम स्थलका वासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त शाखा रहित बैंकिङ सेवा विस्तार गरेको हो ।
सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नवराज पहरीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको समेत बताइएको छ ।
यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंक प्रति उल्लेखनिय विश्वास एंवम् बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ ओटा शाखा, १२३ ओटा एटिएम र ९० ओटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करीब १२ लाख ८० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।