टाइगर ब्रुअरीमा ७१ जनालाई रोजगारीको अवसर, प्लस टु पास र अनुभवै नभएका १७ जना माग

Share News

पुस १९, काठमाडौं। मार्सी वियर उत्पादन गर्ने टाइगर ब्रुअरीमा ७१ जना कर्मचारी माग गरिएको छ।

कम्पनीले विभिन्न ८ ओटा विधामा ७१ जना कर्मचारी माग्दा १७ जना कर्मचारी भने प्लस टु उतिर्ण र अनुभव नभएका कर्मचारी माग गरेको छ।

कम्पनीले ब्राण्ड मेनेजर २ जना, ट्रेड मेनेजर २ जना रिजनल सेल्स मेनेजर ७ जना, एरिया सेल्स मेनेजर ७ जना र सेल्स अफिसर १७ जना कर्मचारी माग गरेको छ। यी पदहरुमा कम्तिमा २ वर्षदेखि ५ वर्ष सम्मको अनुभव भएका अनुभवी कर्मचारी माग गरिएको छ।

आईटी अफिसर २ जना र सेल्स सुपरभाइजर १७ जनाको लागि स्नातक उतिर्ण १ वर्षको अनुभव माग गरिएको छ।  रुट इन्चार्ज १७ जना कर्मचारीको लागि भने प्लस टु उतिर्ण योग्यता मात्रै माग गरिएको छ।

इच्छुक व्यक्तिले १२ दिनभित्र कम्पनीमा आवेदन दिइसक्नु पर्ने छ।

तलव सुविधाहरु भने आपसी सहमतिमा तय गरिने कम्पनीले बताएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।