- क्युबेसिकको पूरा रूप के हो ?
क्युबेसिकको पूर्णरूप ‘क्विक बिगिनर्स अल पर्पोज सिम्बोलिक इन्ष्ट्रक्शन कोड’ हो ।
- टाइप राइटरका निर्माता को हुन् ?
टाइप राइटरका निर्माता क्रिस्टोफर ल्याथेम सोल्स हुन् । उनले सन् १८६८ मा यसको निर्माण गरेका थिए ।
- आधुनिक विज्ञानका पिता भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
आधुनिक विज्ञानका पिता भन्ने उपाधि ग्यालेलियो ग्यालेलीलाई दिइएको थियो ।
- आफ्नै नामसमेत बिर्सने वैज्ञानिक को हुन् ?
सर थोमस अल्वा एडिशन ।
- टेलिभिजनका निर्माता को हुन् ?
सर्वप्रथम टेलिभिजनको विकास जे एल बियर्डले गरेका हुन् । उनले सन् १९२५ मा यसको विकास गरेका थिए ।
- टेलिफोनको खोज कसले गरेका थिए ?
सन् १८७६ मा एलेक्जेण्डर ग्राहम बेलले टेलिफोनको आविष्कार गरेका हुन् ।
- स्टिम इञ्जिनको आविष्कारक भनेर कसलाई चिनिन्छ ?
वैज्ञानिक जेम्स वाटले सर्वप्रथम स्टिम इञ्जिनको आविष्कार गरेका हुन् ।
- गुरुत्वाकर्षणको सिद्धान्तबारे खोजी गर्ने वैज्ञानिक को हुन् ?
सर आइज्याक न्यूटन ।
- चन्द्रमामा सर्वप्रथम पाइला टेक्ने मानव निल आर्मस्ट्रङ हुन् । त्यस्तै, त्यहाँ पाइला टेक्ने दोस्रा व्यक्ति को हुन् ?
बज एल्ड्रिन । उनी निल आर्मस्ट्रङ्सँगै उक्त मिशनमा सहभागी थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।