आशा र श्रृजनशील लघुवित्तमा रोजगारीको अवसर

Share News

पुस २०, काठमाडौं। आशा लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्थामा ५ जनालाई रोजगारीको अवसर आएको छ। दुवै लघुवित्तमा व्यवस्थापकीय तहमा कर्मचारी माग गरिएको हो।

आशा लघुवित्तमा नायब प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक र बरिष्ठ प्रबन्धक १/१ जना कर्मचारी माग गर्दा श्रृजनशील लघुवित्तले लेखा र मानव संसाधन विभागमा १/१ जना वरिष्ठ प्रबन्धक/प्रबन्धक कर्मचारी माग गरेको छ।

दुवै संस्थाको आवेदन दिने दिने मिति १५ दिन तोकिएको छ। १५ दिन भित्र परेको आवेदनबाट छोटो सूचि बनाउने र त्यसै अनुसार अन्तर्वार्ताको लागि बोलाइने कम्पनीद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।

आवेदकको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने छ। महाप्रबन्धकको हकमा भने ५६ वर्ष सम्मका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।