१० % जर्ती लिने कानूनी व्यवस्था गर्न सुनचाँदी व्यवसायीको माग, १० लाख सम्म नगदमै कारोबार

Share News

पुस २०, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले गहना बनाउँदा १० प्रतिशत जर्ती लिने कानूनी व्यवस्था गर्न माग गरेको छ ।

अहिले पसलै पिच्छे फरक - फरक जर्ती लिने व्यवस्था रहेको र यसले मूल्यमा पनि एक रुपता नभएको भन्दै आर्थिक ऐनमै १० प्रतिशत जर्तीको व्यवस्था गर्न उनीहरुले माग गरेका हुन्।

सुनचाँदी खरीदविक्रीका लागि नगद कारोबारको सीमालाई पनि ५० हजारबाट बढाएर १० लाख रुपैयाँ पुर्‍याउनु पर्ने उनीहरुको माग छ ।

आर्थिक नियमावलीमा सुनचाँदीका मुद्धा समाबेस गर्न आग्रह गर्दै महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मंगलवार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँगको भेटमा यी माग राखेको हो।

ब्यवसायी सँगको भेटमा विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरुलाई अध्ययन गरी सम्वोधन गर्न पहल गर्ने आश्वासन दिएका छन् ।

महासंघका अध्यक्ष शाक्यले स्पष्ट कानूनी व्यवस्था नहुँदा बजारमा व्यवसायीवीच दुविधा उत्पन्न नहोस र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुशी सीमा निर्धारण गर्न पनि नपाउन भनेर आर्थिक नियमावलीमा यी विषय समेट्न आग्रह गरिएको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।