पुस २५, काठमाडौं । सरकारले नेपाल आयल निगममा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल तीन वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै उक्त पद रिक्त भएको हो । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतवार सार्वजनिक सूचना जारी गर्दै उक्त पदका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र दरखास्त दिन दिन सक्नेछन्।
कार्यकारी निर्देशक हुनका लागि निगमको कार्यप्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनीयरिंग वा कानून विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। त्यस्तै व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको अनुभव भएको हुनुपर्ने योग्यता पनि तोकिएको छ।
इच्छुक उम्मेदवारले शैक्षिक योग्यता, अनुभवसहित ५ हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यावसायिक कार्ययोजना पेस गर्नुपर्नेछ। दरखास्त दस्तुर भने ५ हजार रुपैयाँ तोकिएको छ। पहिलोपटक खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा नियुक्त भएका पौडेलको तीनवर्षे कार्यकाल गत पुस २२ गतेबाट सकिएको थियो।
यो पनि हेर्नुस् :
नेपाल आयल निगम नेतृत्वविहीन, कार्यकारी निर्देशक पौडेलको तीन वर्षे कार्यकाल पूरा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।