पुस २८, काठमाडौं। १९ खर्ब ९५ अर्ब भारतीय रुपैया (करीब ३२ खर्ब नेपाली रुपैयाँ) ऋणमा डुबेको भारतीय टेलिकम कम्पनी भोडाफोनले सरकारी बक्यौतालाई शेयरमा बदल्ने निर्णय गरेको छ ।
कर्जा संकटको सामना गरिरहेको भोडाफोन आईडिया (वीआईएल) ले सरकारलाई तिर्नुपर्ने १ खर्ब ६० अर्ब भारतीय रुपैयालाई शेयरमा बदल्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
उक्त सरकारी बक्यौतालाई शेयरमा बदलेपछि भोडाफोनमा सरकारी हिस्सा करीब ३६ प्रतिशत (३५ दशमलव ८ प्रतिशत) पुग्ने छ । भोडाफोन आइडीयामा अहिले प्रवर्द्धकहरु मध्ये भोडाफोन समूहको २८ दशमलव ५ प्रतिशत र आदित्य बिडाल समूहको १७ दशमलव ८ प्रतिशत शेयर हिस्सा छ ।
कम्पनीको यो योजना सफल भएमा यो कम्पनीको सबभैन्दा ठूलो लगानी भारत सरकार बन्ने छ । भोडाफोनको निर्देशक मण्डलले १० जनवरी २०२२ को बैठकको निर्णयमा स्पेक्ट्रम लिलामी किस्ता वा एजीआर बक्यौतासँग सम्बन्धीत कुल ब्याज दायित्वलाई इक्विटीमा बदल्न मञ्जुरी दिइसकेको छ ।
कम्पनीको शेयरको औषत मूल्य १४ अगस्ट २०२१ को पार भ्यालुभन्दा कम रहेको छ । यसकारण सरकारले पाउने शेयरलाई १० रुपैया प्रतिशेयरको दरले दिने अनुमान गरिएको छ । एजेन्सीहरुको सहयोगमा
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।