काठमाडौं (अस) । नेपालमा किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल एसोसियटस्ले पहिलो हाइब्रिड किया सोरेन्टो एसयूभी सार्वजनिकसँगै हाइब्रिड गाडी बिक्रीको रणनीति अगाडि बढाएको छ ।
कोरियाली कम्पनी कियाले किया सोरेन्टो हाइब्रिडमार्फत सातसिटे क्षमताको अवधारणालाई अगाडि बढाउने योजनाअनुसार यो गाडी नेपालमा भित्र्याएको हो ।
१.६ लिटरको टीजीडीआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाट इलेक्ट्रो म्याग्नेटिक मोटरले १.४९ किलोवाट आवर ब्याट्रीद्वारा सञ्चालित सोरेन्टो एसयूभी सफा र हरियाली भविष्यका लागि हरित विकल्प पनि रहेको कम्पनीले बताएको छ ।
गाडीमा ७ एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, लेन किपिङ सिस्टम, सराउन्ड भ्यू मनिटर, लेन फलोइङ असिस्टलगायत सुविधा छन् ।
किया सोरेन्टोले बाह्य र भित्री सुविधाको कमान्डिङ लाइन पनि प्रदान गर्दछ । यो गाडीको अगाडिको छेउमा फराकिलो स्विपिङ ग्रिल छ , जुन मानकको रूपमा आउने एलइडी बत्तीसँग निर्वाध रूपमा एकीकृत हुन्छ ।
१२.३ इन्चको अल–डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले किया सोरेन्टोमा स्क्रिनलाई धेरै उन्नत बनाउँछ । ब्लाइन्ड भ्यू मनिटर टेक्नोलोजीले उपकरण क्लस्टरमा छेउछाउको लेनको लाइभ भिडियो दृश्य प्रोजेक्ट गर्दछ र टर्न सिग्नल प्रयोग गर्दा सक्रिय हुन्छ ।
मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिटले सोरेन्टोलाई विलासी एसयूभीमित्र समेटेको कम्पनीले बताएको छ ।
नेपाली बजारमा सोरेन्टो हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार तोकिएको छ । नेपाली बजारमा रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध हुनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।