गणक र सुपरिवेक्षक पदका लागि काठमाडौं महानगरपालिकाले माग्यो २३१ कर्मचारी 

Share News

माघ १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा २३१ जना  कर्मचारी माग गरेको छ ।

उक्त कार्यालयले सुपरिवेक्षक पदका लागि २१ र गणक पदका लागि  २१० जना कर्मचारी माग गर्दै  विज्ञापन प्रकाशित गरेको छ । 

प्रकाशित विज्ञापन अनुसार इच्छुक व्यक्तिले माघ २४ गते भित्र काठमाडौं महानगरपालिलको वेबसाइटमा रहेको अनलाइन आवेदक प्रणालीमार्फत आवेदन दिई सक्नुपर्नेछ । आवेदनका लागि कुनै शुल्क नलाग्ने विज्ञापनमा उल्लेख गरिएको छ । 

कार्यालयले आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याकंशास्त्र, अर्थशास्त्र वा गणित विषयसहित कुनै एक विषयमा कम्तिमा स्नातक वा सो सरह उतिर्ण  गरेको हुनुपर्नेछ । साथै कम्प्यूटर सम्बन्धी आधारभूत ज्ञान भएको तथा १८ वर्ष पूरा भई ४० ननाघेका हुनुपर्ने विज्ञापनमा उल्लेख छ ।  


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।